अमेरिकी डलर,युरो र पाउन्ड स्टर्लिङ्को भाउ घट्याे


काठमाडौँ । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलरको खरिददर १३६.८२ रुपैयाँ छ भने बिक्रीदर १३७.४२ रुपैयाँ रहेको छ । यस्तै युरोको खरिददर १६०.५४ रुपैयाँ कायम भएको छ भने बिक्री दर १६१.२४ रुपैयाँ छ ।

यस्तै पाउन्ड स्ट्रलिङ्को खरिद दर १८५.७९ रुपैयाँ छ भने बिक्री दर १८६.६१ रुपैयाँ रहेको छ ।

हिजोको तुलनामा अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङ्को भाउ घटेको छ ।