पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन


काठमाडौं । तीन वर्षअघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गा बगाइदियो ।

अहिले पनि आकाशमा कालो बादल मडारिँदा मुटु हल्लिन्छ । पुरानो घटना सम्झिन्छिन् । यस वर्षको मनसुन शुरु भइसक्यो । पानी पर्न थाल्यो । समस्या ज्यूँका त्यूँ छ ।

राती पानी प¥यो भने आफूलाई लाग्ने डर त छँदै छ बच्चाहरुले ‘घर छोडेर जाम आमा’ भन्दा चन्दाको मुटु भक्कानिन्छ । घर छोडेर जाने सुरक्षित स्थान कतै छैन । पहाडको खोचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टिी मुगु कर्णाली गड्गडाएर झनै डरलाग्दो छ ।

तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभुत विद्यालयको भवन जिर्ण छ । नजिकै अस्थायी प्रहरी पोष्ट छ । पोस्ष्टको दुईतर्फ खोला छन् । अस्थायी प्रहरी पोष्ट पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन । अगाडि मुगु कर्णाली सुसाईरहेको छ ।

सम्भावित जोखिम सम्झेर बोल्दाबोल्दै आँखा चिम्म गर्छिन् चन्दा –‘राती ठूलो पानी प¥यो भने हामीलाई निन्द्रा आउँदैन । घरभित्र र घरबाहिर गरेर बस्छौँ । घर छोडेर जाउँ भनेर बच्चा कराईरहन्छन् । पानी प¥यो भने हामीलाई पनि डर लाग्छ । बच्चा त झनै डर मान्छन् । कता जाने ? सरकारी भवन जाउँ भने पनि त्यो पनि जोखिममा छ । प्रहरी चौकी पनि दोहोरो खोलाको जोखिममा छ । तल पनि जोखिममा नै छ । हामी सबै जोखिममा परेका छौ । हामीलाई तटबन्ध गरेर सहयोग गरे हुन्थ्यो । ’

पहिरोले खेतबारी बगाएपछि स्थानीय गैह्रसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग पुगेको छ । संस्थाले बाढी पहिरोले उबडखाबड भएको जमिन सम्याउन कृषि औजार दियो, विपद्मा उद्धारका सामग्री थियो । विपद्मा ज्यान जोगाउन सिकायो । सिंचाईको व्यवस्था ग¥यो । अहिले तरकारी खेती गर्न सहज भएको छ । जीविकोपार्जन त सजिलो भयो तर जोखिम उस्तै छ ।

तटबन्ध बनाउन पाए ढुक्कसँग निदाउन सकिने थियो कि चन्दा भन्छिन् ‘३ वर्षअघि आएको बाढीले ५ कठ्ठा जग्गासहित घर पनि बगाईदियो । जिएसएस संस्थाले कृषि औजार पनि दियो । कुलो बनाईदिएको छ । अहिले धान, गहुँ रोप्छौँ । तरकारी खेती पनि गर्छौं । तरकारीको टनेल, बीउ दिनुहुन्छ । तालिम दिनुहुन्छ । अहिले एकदम सजिलो भएको छ । बाटोघाटो पहिरोले बन्द ग¥यो भने समूह गएर मिलेर पहिरो पन्छाउने गर्छौं । तर हामी अहिले पनि जोखिममा छौ । तटबन्ध गर्न सहयोग गरे हुन्थ्यो ।’

हरेक वर्षको मनसुनमा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ सोझिएको छ । बसाई सर्ने विकल्प छैन । तटबन्ध छैन । राती पानी प¥यो भने तारापानी बासी निदाउन सक्दैनन् । तटवन्ध गर्न स्थानीयवासीले संघ,प्रदेश, पालिका, वडा सबैसँग हारगुहार गरे । तर कसैले सुनेनन् । स्थानीय विजय रावल विपद्को तालिमसहित उद्धारका सामग्री पनि दिएको स्थानीय गैह्रसरकारी संस्थाले तटवन्ध पनि गरिदिए हुन्थ्यो भन्छन् ।

रावलले भने ‘हिजो त्यत्रो पानी प¥यो । खोला नजिकको बस्ती भएकाले पानी पर्ने बित्तिकै हामी जोखिममा पर्छो । त्यसैले तटबन्द गरिदिए हुन्थ्यो जस्तो लाग्छ । गाउँपालिकासँग माग गरियो । वडामा माग गरियो । संघ प्रदेशलाई भन्दा पनि सुन्दै सुनिदिँदैनन् । यो संस्थाको सहयोग जारी रहे हामीलाई अलिकति राहत मिल्थ्यो कि रु संस्थाबाट नै केही काम हुन्थ्यो कि भन्ने हामीलाई आश लागिरहेको छ । जिएसएस संस्थाको सहयोगबाट बाटो मर्मत गरियो । अहिले सिंचाईको पनि व्यवस्था गरिएको छ । विपद्को तालिम लिएका छौँ । हामीले ८ वटा कृषि औजार पाएका छौ । एकजनाको घरमा राख्दा चोरी हुने डरका कारण विपद् उदारको लागि संस्थाले दिएका सामानहरु प्रहरी चौकीमा राखेका छौ ।’

विक्रम सम्वत २०७९ भन्दा अघि तारापानी गाउँ हराभरा थियो । २०७९ असोज १८ गतेको बाढीले गाउँको हरियाली मात्रै नष्ट गरेन स्थानीयको सम्पत्तिमा ठूलो क्षति ग¥यो । ६० घरधुरी रहेको तारापानीका ७ घर बाढीले पूर्णरुपमा ध्वस्त बनायो ।

बाढी प्रभावित तारागाउँ बासीले अहिलेसम्म राहतको नाममा सरकारबाट केही पाएका छैनन् । पीडितको तथ्यांक मिलेन भनेर स्थानीय सरकारले ३ वर्ष भईसक्दा पनि राहत वितरण प्रक्रिया अघि बढाएको छैन ।

स्थानीय जिएसएस संस्थाले तारापानी विपद् समूह गठन गरी विपद् प्रतिकार्यमा स्थानीयलाई जुटायो । खोलाको पानी डाईभर्सन गरेर सिंचाई, पहिरो नियन्त्रणका लागि वृक्षारोपण, विपद् प्रतिरक्षाको तालिम, विपद् उद्धारका सामग्री लगायतमा स्थानीय गैह्रसरकारी संस्थाको सहयोग पाएपछि अहिले तारापानीबासी आफैँ विपद् व्यवस्थापनमा जुटेका हुन् ।

स्थानीय मानबहादुर बुढा सरकारले भन्दा संस्थाले ठूलो सहयोग गरेको बताउँछन् । उनले भने, ‘२०७९ भन्दा अगाडि तारापानी गाउँ हराभरा थियो । २०७९ असोज १८ गतेको बाढीले ठूलो धनको क्षति ग¥यो । २०८० साल साउनको ६ गते हामीले तारापानी विपद् समूह गठन ग¥यौं । पहिरोलाई रोकथाम गर्न माथिल्लो क्षेत्रमा बोटविरुवा लगायौ । जिएसएस भन्ने सस्थाबाट समूहका ८ जनालाई कृषि औजार दिने कुरा भयो । हामी बैठक बसेर हाम्रो समुहमा सबै भन्दा कमजोरलाई त्यो औजार दिने निर्णय ग¥यौं ।

गाउँघरमा औजार नै पाइँदैनथ्यो । संस्थाले पाल ९बेमौसमी तरकारीका लागि टनेल० पनि दियो । चाहिएको समयमा हामी सबैले मिलेर प्रयोग गथ्र्यौं । त्यसपछि बेमौमि तरकारीका लागि टनेल, बीउ लगायतका सामग्रीहरु पनि दिए ।

सिंचाईको कुलो बनाइदियो । यसले ६० जनाले सिंचाई सुविधा पाएका छन् । जुत्ता सिलाई तालिम पनि प्राप्त गरेका छौँ । फाटेका जुत्ता फाल्थ्यौँ । अहिले सिलाएर लगाउँछौँ । एक दुई महिना चल्छौँ हामी अनि बल्ल नयाँ जुत्ता किन्छौँ । ’

स्थानीयतहमा काम गर्दै आएको जिएसएस संस्थाले दिएको विपद् उद्धार सामग्रीलाई अस्थायी प्रहरी पोष्टको कार्यालयमा राखिएको छ । अस्थायी प्रहरी पोष्ट तारापानीका प्रहरी हवलदार चन्द्रबहादुर जिसी भन्नुहुन्छ–‘विपद्को समयमा समन्वय गर्न सजिलो होस् भनेर समूहले उद्धारका सामानहरु जिम्मा लगाउनुभएको छ त्रिपाल, लाईफ ज्याकेट, डोरी, बुट, रेनकोट लगायत विपद् उदारका सामानहरु संस्थाले हामीलाई जिम्मा लगाउनुभएको छ । यहाँ बाढीको जोखिम छ । विपद्को समयमा छिटो छरितो होस् भन्नका लागि हामीले तयारी अवस्थामा राखेका छौ । पानी पर्यो भने माथिबाट ढुंगा झर्ने, अनि अगाडि नै खोला भएकाले बाढीको पनि जोखिम छ । ’

सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही दुर्गम कर्णाली प्रदेशका हिमाली जिल्लाका गाउँपालिकाहरुमा पर्याप्त बजेट अभावका कारण जन चाहनाअनुसार विकास गर्न नसकिएको बताउँछन् । उनले दुर्गम क्षेत्रको विकास निर्माणको काममा गैह्रसरकारी संस्था र निजी क्षेत्रलाई आकर्षित गर्न केन्द्र सरकारले राम्रो सहजिकरण गर्नुपर्ने बताउँदै भने, –‘ म आफैँ पनि स्थानीय सरकारको प्रमुख हो । तीनै तहको सरकारसँग मेरो अनुरोध छ , हामीले निजी क्षेत्र र संघसंस्थालाई सहजिकरण गरेर विकास निर्माणका कामहरुमा सहकार्य गर्नुपर्छ । नेपाल सरकारको बजेटले मात्रै पूर्वाधारका कामहरु गर्न नसक्ने भएकाले दुर्गम र पछाडि परेका क्षेत्रको भौतिक पूर्वाधार निर्माण लगायत विकासका कार्ययोजनाहरुमा संघसंस्थालाई संलग्न गराउनुपर्छ ।’

विपद् तथा आकस्मिक घटनाहरुमा स्थानीय महिलाहरु सजग हुन थालेका छन् । जसले जनधनको क्षति कम गर्न मद्दत पुगेको छ ।