सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरू सहकारीको हिमायती बनेर हिँडिरहेका छन्ः मन्त्री अधिकारी


काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु क्रियाशिल रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रुपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर काम भइरहेको बताएका हुन् ।

सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु नै सहकारीको हिमायती बनेर प्रचारमा हिँडिरहेको जिकिर गरे । यस्ता कुरामा सजग हुनुपर्ने र सहकारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।

“अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रूपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु लागेको अवस्था छ । सहकारीमा जसले मनपरी ग¥यो, जसले सहकारी बिगा¥यो उनीहरु नै सहकारी हिमायती बनेर प्रचार गर्ने र अगाडि बढ्ने गरेका छन् । यि कुराहरूमा हामी सजग हुनुपर्छ । त्यस्ता कुराको खण्डन गरेर सहकारीलाई व्यवस्थित गर्न जरुरी छ,” उनले भने । मन्त्री अधिकारीले केही समस्या आउँदैमा सबै सकियो भन्नेकुरा गलत रहेको बताए ।