कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः बचतकर्तालाई बचत फिर्ता गराउनु हाम्रो उद्देश्य


काठमाडाैँ । कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यहरूले पदभार ग्रहण गरेका छन् ।बुधवार कार्यालय नयाँ बानेश्वरमा नवनियुक्त अध्यक्षसहित सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने कर्जा उठाउनु चुनौतिपूर्ण रहेको बताए ।

आफूहरू स्थापनाको चरणमा रहेको र काम छिटै कार्यान्वयन गर्ने बताए । विभिन्न अदालतमा सहकारीका कर्जासम्बन्धी मुद्दा रहेको भन्दै ति मुद्दाहरु न्यायाधीकरणमा पनि आउने बताए । सुरूमा नै मुद्दाको चाप बढ्ने बताए ।

काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भएपनि काम गर्ने बताए । बचतकर्ताले बचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरूको बचत फिर्ता गराउनु आफूहरूको उद्देश्य रहेकाे बताए ।

उनले सबै क्षेत्राधिकार आफूहरूलाई रहेको बताए । बस्नेतको अध्यक्षमा गठित न्यायाधिकरणको सदस्यहरूमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।