आइपिओ निष्कासनको लागि विषेश साधारणसभा बोलाउँदै पुवा खोला–वान हाइड्रो


काठमाडौं । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ ।

उक्त विशेष सभा यही असार २७ गते काठमाण्डौको अनामनगरमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासनको रकम वृद्धि गरी आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त पूँजीको उपयोगबारे निर्णय गर्ने र चुक्तापूँजी वृद्धिको उपयोगिताको विशेषमा निर्णय गर्ने जस्ता विशेष प्रस्तावहरु पारित गरिनेछन् । बैठकमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।