काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सर्वसाधारणलाई १०० रुपैयाँभन्दा बढीको सिक्का उपलब्ध नगराउने भएको छ ।
सिक्काको मौज्दात सीमित भएको तर्क गर्दै राष्ट्र बैंकले बढीमा २०० रुपैयाँसम्मको सिक्का उपलब्ध गराउने भएको हो ।
टक्सार महाशाखा प्रमुख लक्ष्मीप्रसाद प्रसाईंले सीमित मौज्दात भएकोले १०० रुपैयाँ भन्दा बढी नसाटेको बताए ।
“हामीसँग सीमित मौज्दात भएकोले गर्दा १०० रुपैयाँ भन्दा बढीको सिक्का साट्न मिल्दैन । यसको टेण्डरको प्रकृया वार्षिक बजेट हुन्छ । राष्ट्र बैंकले बिडिङ् गरेर खरिद गरेर आएपछि हामीले बजारमा पठाउने हो,” उनले भने, “यसले व्यक्तिगत रूपमा समस्या नभए पनि बैंकमा अलिकति समस्या हुने हो कि भन्ने छ । बैंकलाई १०० रुपैयाँले मात्र नपुग्न सक्छ । अहिले डिजिटलमा जानुपर्छ तर नदिनुको कारण त्यही मात्र होइन । यसले बैंकहरुलाई डिजिटल जानुभपर्यो भन्न सकिएको छ । सकेसम्म डिजिटलमा जाने नभए एक पाकेट २ पाकेटसम्म हेरेर दिने गरेको छौं ।”
सर्वसाधारणलाई १०० रुपैयाँ सिक्का धेरै हुन्छ यसमा २०० रुपैयाँभन्दा बढीको सिक्का लैजाँदा दुरुपयोग हुने सम्भावना हुने उनले बताए ।
महाशाखाकाे निर्णयले तुलादान गर्नेलाई समस्या परेकाे छ । सिक्का साट्न गएकालाई महाशाखाले सिक्का दिनुकाे साटाे फिर्ता पठाउने गरेकाे छ । राष्ट्र बैंकले सिक्का नदिँदा धार्मिक क्रियाकलापमा पनि असर पर्ने देखिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्