पौडी सिक्न गएका ९ वर्षीय बालकको स्विमिङ पुलमा डुबेर मृत्यु


काठमाडौं । पौडी खेल सिक्न पर्साका एक बालकको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ।

वीरगञ्जस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर(११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रौनियार प्रमोद रौनियारका छोरा हुन् ।

नेपाल स्वीमिङ एशोसिशसन पर्साले आयोजना गरेको १० दिने स्वीमिङ प्रशिक्षण कार्यक्रममा सहभागी बजरंगीको डुबेर अचेत भएपछि नारायणी अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

मृतकका बाबु प्रमोद रौनियारकाअनुसार प्रशिक्षक असेसर पटेल र उनकी छोरीले उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । प्रमोदले आफू कार्यालयको कामले पोखरामा भएको बेला छोरालाई प्रशिक्षक असेसरले नै प्रशिक्षणका लागि लगेका थिए ।

‘प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।