काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैर्कर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छन् ।
अर्थ समितिमा बिहीवार भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमाथिको छलफलमा बोल्दै सांसद गौतमले राज्यले कुनै व्यवस्था गर्दै गर्दा उद्योग–व्यवसायीको सम्पतीको क्षति नहुनेगरि व्यवहारिक हिसावले लिनुपर्ने बताएकी हुन् ।
बैंकर र व्यवसायी छुट्याउने भए कुलिङ पिरियड अनिवार्य रुपमा ३ वर्ष राख्नुपर्ने उनले बताइन् ।”सबैको चासो बैंकर र व्यवसायी छुट्टाउनेमा छ । यदी छुट्याउने हो भने ३ वर्षको समय दिनुपर्छ । जसबाट उद्योगी, व्यवसायीहरुले सम्पत्ति व्यवस्थापन गर्न सकुन्,” उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्