नेप्सेमा २५ अंकको वृद्धि, एनआरएनमा लगानीकर्ताको आर्कषण


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एकसचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

बिहीबार नेप्सेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेपलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५७ करोड बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८ सय ४० कित्ता सेयर किनबेच हुँद्या ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।