काभ्रेमा उत्पादन भएको घिउ सिमीमा ८६ प्रतिशत विषादी फेला, उपभोग गर्न अयोग्य ठहर


काठमाडौँ । काभ्रेमा उत्पादित घिउ सिमिमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भक्तपुरमा उत्पादित घिउ सिमिमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा खतरनाक रूपमा उच्च रहेको पाइएको छ।

समितिले १५ ओटा पसलको तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा घिउ सिमी ८६.५४० प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा भेटिएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।