चालु आ.व.को असार २५ सम्म उच्च अदालत पाटनद्वारा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट


काठमाडाैँ । उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गरेको छ ।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भएको बताए ।

त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरू फछ्र्यौट गर्नुपर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गरेको बताए।

असार २५ गतेसम्म कुल लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा फछ्र्यौट भएको बताए । अझै ५ दिन बाँकी रहेको र यो समयसम्म शतप्रतिशत लक्ष्य हाँसिल गर्ने दाबी गरे। उच्च अदालत पाटनको इतिहासमै पहिलो पटक दुई वर्ष नाघेका मुद्दाहरू शुन्य बनाउन सफल भएको बताए ।

“यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भए । १७ हजार भन्दा बढी मुद्दाहरु लगतमा छन् । त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने थियो । यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फस्र्यौट गरेका छौँ । त्यो संख्या भनेको ९९.२१ प्रतिशत हो,” उनले भने ।

पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पहिलो वर्ष पूरा गरेको र सबै अदालतहरूको प्रगति सन्तोषजनक रहेको बताए । योजनाले राखेका लक्ष्यहरुतर्फ प्रयास उन्मुख रहेको बताए । पाटन उच्च अदालतले लक्ष्य प्राप्ति पूरा गरेको बताए । न्याय सम्पादन छिटो, छरितो बनाउने कुरा नै महत्वपूर्ण रहेको बताए । उनले आागमी आर्थिक वर्षमा मुद्दाहरु १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताए ।