रोल्पाका पुराना राजनीतिज्ञ एवं पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन


काठमाडाैँ । रोल्पाका पुराना राजनीतिज्ञ एवं पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन भएएको छ ।

घर्ती मगरको केही समय अगाडि ललितपुरको बिएण्डबि हस्पिटलमा उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत घर्तीमगरको निधनबारे जानकारी दिँदै भनेका छन्,“ पुराना राजनीतिज्ञ, राप्रपाका संस्थापक एवं वरिष्ठ नेता, कैयन् पटक मन्त्री भइसक्नु भएका रोल्पाका लोकप्रिय नेता बालाराम घर्ती मगरको भरखरै ललितपुरको बिएण्डबि हस्पिटलमा उपचारका क्रममा दुस्खद निधन भएको छ।”

प्रवक्ता श्रेष्ठले पछिल्लो समय घुँडाको समस्या देखिएको थियो । आज बिहान अस्पताल भर्ना भएका घर्तीमगरको बिहान साढे १० बजेतिर निधन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।