काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताए ।
शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताए।
प्रधानमन्त्रीले जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताउँदै आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना । जेमा पनि आलोचना । जेमा पनि आलोचना होइन । रचनात्मक सुझाव आवश्यक छ । रचनात्मक टिप्पणी जरुरी छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ । यहाँनेर कमजोरी भयो भनेर देखाउन सकिन्छ ।’
प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहररुलाई प्रेरित गर्न जरुरी रहेको बताउँदै प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने बताए ।
प्रतिक्रिया दिनुहोस्