२५ करोड सम्म व्यक्तिगत सेयर धितो कर्जा लिन पाउने


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा एकल कर्जामा परिवर्तन गर्दै हालको १५ करोडको सीमालाई २५ करोड पुर्याएका छन् ।

शुक्रबार आव २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर पौडेलले व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा बढाएको हो ।

नयाँ नीतिपछि अब एक व्यक्तिले अधिकतम २५ करोड रुपैयाँसम्म व्यक्तिगत मार्जिन कर्जा लिन सक्नेछन्। यसअघि सेयर लगानीकर्ताहरूले मार्जिन कर्जाको सीमा हटाउन माग गर्दै आएका थिए।