मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छः गर्भनर डा. पौडेल


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको बताएका छन् ।

यसबाट निजी क्षेत्रको पुँजी निर्माण र सरकारको आन्तरिक ऋण परिचालनको लागतमा समेत कमी आई आर्थिक गतिविधि अभिवृद्धि सहज हुने अपेक्षा गरिएको जनाएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले बैंकदर ६.५ प्रतिशतबाट घटाएर ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरेको छ भने नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरेको छ ।