पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाले हकप्रद जारी गर्न सक्ने


काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि बाटो खोलिदिएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले पुँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्न पाउने बताएका छन् ।

उनका अनुसार पुँजी वृद्धिको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यकताका आधारमा हकप्रद सेयर जारी गर्न सक्नेछन् ।

यस्तै, मौद्रिक नीतिमार्फत ३ करोडसम्मको कर्जामा ब्याजदर तोक्दा आधार दरमा २ प्रतिशत मात्र थपेर कायम गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।