काठमाडाैँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालको आयोजनामा विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
मनसुजन्य विपद्को जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रवार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुसँग समन्वयात्मक छलफल गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लामिछानेले गत असोजको घटनाबाट पाठ सिकेर आवश्यक पूर्वतयारीमा जुटिरहेको बताएका हुन् ।
उनले गत वर्षको असोजमा आएको बाढीले झन्डै १२ अर्ब रुपैयाँ बराबरको क्षति पु¥याएको भन्दै यस वर्ष उच्च शतर्कताका साथ विपद् जोखिम न्युनिकरणमा जुटिरहेको बताए । सबै जिल्लाका सुरक्षा निकायहरूलाई समेत हाई अलर्टमा बस्न निर्देशन दिइएको मन्त्री लामिछानेको भनाइ छ ।
उनले विपद् व्यवस्थापनका लागि प्रदेश एक्लैले नसक्ने उल्लेख गर्दै संघ र प्रदेश सरकारबीच आवश्यक सहकार्य र समन्वयको आवश्यकता रहेको बताए । उनले विपद् व्यवस्थापनका लागि संघ सरकारसँग पटक–पटक बजेट माग गरिएको भएपनि गृहमन्त्रालयले पर्याप्त सहयोग नगरेको बताए ।
उनले प्रदेशमास समेत विपद्का लागि बजेट नै नछुट्याइने चलन रहेकोमा यस वर्ष आफ्नै पहलमा १० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
उनकाअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् परिषद्को बैठकले गरेका निर्णयहरू समेत अहिलेसम्म कार्यान्वयनमा आएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्