काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरू नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका हुन् । उनले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गरे ।
“अहिले प्रधानमन्त्री सहभागि कार्यक्रममा सहभागि हुन भनि गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ । यसको छानविन गरौँ । संसदीय छानविन समिति बनाउनको लाग यो सरकार किन डराएको छ । यसबारे संसदीय छानविन समितिको माग गर्दछौं,” उनले भने ।
उनले भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि छानविन समिति नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने समेत बताए ।
प्रतिक्रिया दिनुहोस्