काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त रहेको तथा मुलुक विचौलियाले चलाइरहेको पुष्टि भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद राईले यस्तो टिप्पणी गरेका हुन् । उनले पछिल्लो समय बिचौलियाहरूको चलखेल र घुस डिलसम्बन्धी समाचार नियमित रूपमा आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् ।
उनले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको घटनालाई स्मरण गर्दै प्रधानमन्त्रीमाथि प्रश्न गरिन्।
उनले मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न पनि गरिन्। उनले प्रधानमन्त्री र मन्त्रीहरूमा नैतिकताको खडेरी रहेको पनि टिप्पणी गरिन् ।
प्रतिक्रिया दिनुहोस्