काठमाडाैँ । तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकृत हुन असफल भएको छ ।आइतवार शितल निवासमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न आफूहरु यस पटक असफल भएको बताएका हुन् ।
तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्ने प्रश्तावसहित मन्त्री पाण्डे १४६ औं वल्र्ड हेरिटेज मिटिङमा सहभागी हुन जानुभएको थियो । तर इकोमसले स्थगन पनि नगर्ने र स्वीकृत पनि नगर्ने रिपोर्ट गरेसँगै यस वर्षका लागि तिलौराकोट डिफर चरणमै रहेको छ । वल्र्ड हेरिटेज कमिटीमा भारतसहितका २१ वटा देशहरू थिए । तर भारतले समेत शाक्य वंशको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्न कुनै चासो दिएन ।
मन्त्री पाण्डेकाअनुसार त्यसमा नेपालका पनि केही प्राविधिक त्रुटीहरू रहेको बताए । उनले अर्को पटकको बैठकमा कमीहरू सुधार गरेर आफूहरू अघि बढ्ने बताए ।
मन्त्री पाण्डेले अर्को पटक कमीहरू सुधार गर्ने, अन्य देशहरूसँग पनि कुटनीतिक पहल गर्नेगरी आफूहरू अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्