सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रतिनिधि सभामा प्रस्तुत


काठमाडाैँ । सरकारले साइबर अपराध नियन्त्रण तथा सूचना प्रविधिको दिगो व्यवस्थापनका लागि कानून निर्माण प्रक्रिया सुरू गरेको छ ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङकोतर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ संसदमा प्रस्तुत गरेका हुन् ।

विधेयकले डिजिटल हस्ताक्षर, डेटा सुरक्षादेखि लिएर डोमेन व्यवस्थापन, साइबर हमलाबाट सुरक्षा र सेवा प्रदायकको नियमनसम्मका कानूनी प्रावधान समेटेको बताइएको छ ।