काठमाडौँ । हालसम्म देशभर ५९ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २०८२ सालको असार २९ गतेसम्म देशभर कुल १३ लाख ८३ हजार ७३२ हेक्टर धान रोपाइयोग्य जमिनमध्ये ८ लाख १६ हजार ४०५ हेक्टरमा मात्रै धान रोपाइँ सम्पन्न भएको हो।
पछिल्लो वर्षको सोही मितिसम्म ६७.६ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष हालसम्म ५९ प्रतिशत रोपाइ भएको मन्त्रालयले जनाएको छ।
प्रदेशगत विवरण हेर्दा, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा९३.१ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ। यो प्रदेशमा कुल १ लाख ७६ हजार १५१ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुनेमध्ये १ लाख ७३ हजार ९९३ हेक्टरमा रोपाइँ भइसकेको छ।
त्यस्तै, कर्णाली प्रदेशमा ८३.२३ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, गण्डकीमा ७७.९९प्रतिशत, बाग्मतीमा ७६.३१ प्रतिशत रोपाइ सम्पन्न भएको छ। मधेश प्रदेशमा भने हालसम्म ३३.७८ प्रतिशत मात्र रोपाइँ भएको छ, जुन सबैभन्दा कम हो।
कोशी प्रदेशमा पनि अवस्था कमजोर नै देखिएको छ। यहाँ ४१.३२ प्रतिशत मात्र रोपाइँ भएको छ।
प्रतिक्रिया दिनुहोस्