क्रिकेटर आरिफ क्यास्पियन भ्याली कलेजको ब्राण्ड एम्बेसडर


काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख क्यास्पियन भ्याली कलेजको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

क्यास्पियन भ्याली कलेजले बानेश्वरमा आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै क्रिकेटर आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

कलेजका प्रिन्सिपल मनिष पण्डित र क्रिकेटर आरिफबिच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यो सम्झौता एक वर्षको हुनेछ । यद्दपि सहकार्य आगामी वर्षमा पनि निरन्तरता दिनेगरी सम्झौता गरिएको कलेजले जनाएको छ ।   तर यो सम्झौताको रकमबारे भने उल्लेख गरिएको छैन ।

क्यास्पियनका प्रिन्सिपल पण्डितले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रसँगै उनीहरूमा व्यावहारिक ज्ञान र अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने उल्लेख गर्दै क्रिकेटर आरिफस शेखसककंग सहकार्यले आफ्ना विद्यार्थीमा मनोबल बढ्ने आशा व्यक्त गरे ।

सो अवसरमा आरिफले आफ्नो जीवनमा क्रिकेटले धेरै आत्मविश्वास बढाएको उल्लेख गर्दै कलेजसँगको सहकार्यले आफ्नो करियरमा धेरै मद्दत पुग्ने बताए ।

क्रिकेटर आरिफ युवाहरूको रोल मोडल भएकाले विद्यार्थीको मनोबल बढाउन उनलाई कलेजको ब्राण्ड एम्बेसडर नियुक्त गरिएको कलेजले जनाएको छ ।

आरिफले ६१ एकदिवसीय खेलमा ९ अर्धशतकसहित एक हजार तीन सय २६ रन र आठ विकेट लिएका छन् । उनले टी ट्वान्टीमा ४३ खेलमा ५३८ रन र चार विकेट लिएका छन् ।