काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को यो बैठकमा सरकारका हालका गतिविधि, नीतिगत निर्णयहरू तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा विवादित अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको पनि उपस्थिति रहेको छ।
कर्मचारी सरुवासँग जोडिएको घुसको लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग उठिरहेको छ। तर, हालसम्म न उनले राजीनामा दिएका छन्, न त प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदमुक्त गरेका छन्।
मन्त्री गुप्ताविरुद्ध सार्वजनिक सेवा प्रणालीमा हस्तक्षेप गरेको आरोप लागेपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढेको छ। बैठकमा उनको भूमिकाबारे पनि छलफल हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्