चौधरी ग्रुप र रिलायन्सको सहकार्यमा ‘क्याम्पा कोला’ नेपाली बजारमा प्रवेश


काठमाडाैँ । भारतीय रिलायन्स इन्डष्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा कोल्ड ड्रिंक ब्राण्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ ।

भारतीय ब्रण्डको  क्याम्पा कोलोलाई नेपालमा उत्पादन गरेर बजारमा ल्याएको हो । कम्पनीकाअनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्टर क्याम्पा इनजीं बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन् ।

२५० मिलिलिटर कार्बाेनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रहेको छ । रिफ्रेशिङ स्वाद, जोशिलो प्रश्तुती र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले भारतमा प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याएर हेटौँडामा प्लाइन्ट राखि उत्पादन गर्न थालिएको बताए । उनकाअनुसार छिट्टै सुगर फ्रि क्याप कोकोकोला समेत बजारमा ल्याइनेछ । 

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिवद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ ।

सन् २०२२ मा क्याम्पा कोला ब्राण्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरू गरे पश्चात रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्राण्डलाई फेरि एकपटक लोकप्रिय कोल्ड ड्रिंक ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको छ ।

हाल क्याम्पा कोला भारतको प्रतिष्पर्धी कोल्ड ड्रिंक ब्राण्ड हो । रिलायन्सका कार्यकारी निर्देशक केतन मोदीले चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्राण्ड ल्याउन पाउदा आफूहरू खुशी भएको बताए ।

उनकाअनुसार क्याम्पा कोला गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्राण्ड हो । अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ । यो ब्राण्डले नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिवद्धता’ को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीहरूले लिएका छन् ।