काठमाडौँ । बिमा प्राधिकरणको अध्यक्ष पद रिक्त भएपछि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेललाई सो पदको जिम्मेवारी दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । त्यसपछि अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कार्यवाहक जिम्मेवारी पोखरेललाई दिइएको हो ।
अर्थ मन्त्रालयका अनुसार बिमा प्राधिकरणमा अध्यक्षको पद रिक्त हुँदा विगतदेखि कार्यान्वयन हुँदै आएको प्रचलनअनुसार अर्थमन्त्रीको निर्णयमा पोखरेललाई जिम्मेवारी दिइएको हो ।
पोखरेल हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख रहेका छन् । यसै महाशाखाले बिमा प्राधिकरणसँग समन्वय गर्ने जिम्मा पनि लिएको छ ।
प्रतिक्रिया दिनुहोस्