वर्ष दिनमा ननुहाउने हिमालवासीहरू अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ?: सांसद शेर्पा


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले केही भएन भन्ने भ्रम फैल्याइएको भन्दै आपत्ति जनाए ।

उनले कसैले पनि सकारात्मक कुरा नगरेको भन्दै सकारात्मक सोच राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पहिला हिमाली भेगमा बसोवास गर्ने मानिसहरू वर्ष दिनमा एक पटक पनि ननुहाउने गरेको भन्दै अहिले हिमालमै पनि प्रत्येक दिन नुहाउने गरेको बताए । यो एउटा उपलब्धि भएको बताए । उनले हिमाली क्षेत्रका बासिन्दाहरूको आर्थिक अवस्थामा पनि सुधार आएको बताए ।

“अहिले हामी पोजेटिभ कुरा किन गर्न सक्दैनौँ । केही भएन, केही भएन भन्ने छ । भएको चाहीँ के छ त ? केही भएकै छैन त ? धेरै भएको छैन र ? मेरै कुरा गर्दा हिजो हिमालमा हाम्रै जातका मान्छेहरूले एक वर्ष नुहाउँदैन थियो । ६ महिना नुहाउँदैन थियो । इमान्दारिताका साथ भन्नुपर्छ । तर आज इकोनोमि राम्रो भएको छ,” उनले भने ।