काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताएका छन् ।
राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले अभ्यासका क्रममा देखिएका खोटहरू फाल्न यो व्यवस्था गरिएको बताएका हुन् । उनले रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने पद्धतिले गुड गभर्नेन्समा असर पर्ने बताए ।
प्रजातन्त्र र व्यवस्थाप्रति लोयल नभइ आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति खाने परिपाटी अन्त्य गर्न यो व्यवस्था ल्याइएको जिकिर गरे ।
“कुलिङ अफ पिरियडको व्यवस्था किन गर्न खोजेको हो भने अभ्यासमा त हामीले देखिरहेका छौँ । हाम्रो अभ्यासमा देखिएका खोटहरुलाई हामीले फाल्न खोजेको हो । रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने वा कुनैपनि सरकारी निकायमा रहने कुरा स्वार्थका आधारमा उसले आजको दिनमा डेमोक्रेसीप्रति र हाम्रो व्यवस्थाप्रति लोयल नभइकन आफ्नो स्वार्थप्रति काम गर्ने परिस्थिति बन्दा गुड गभर्नेन्समा असर गर्छ भनेर त्यस्तो चिजबाट मुक्त ब्युरोकेसी खोजेको हो,” उनले भने ।
मन्त्री गुरुङले रिटायर भएको भोलिपल्टै अर्को निकायमा जाने कुराले गुड गभर्नेन्समा असर पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्