भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सम्हाल्ने भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएका गुप्ताको स्थानमा धारा ७६ को उपधारा (९) अनुसार न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एमालेकै प्रतिनिधि सभा सांसद गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए। ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए।