काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बालकार्य र बालश्रम छुट्याउन जरुरी रहेको बताएका छन् ।
राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गर्दै उनले बालश्रम र बालकार्य नै छुट्याउनु पहिलो कर्तव्य भएको बताएका हुन्। बालश्रम केलाई भन्ने र बालकार्य केलाई भन्ने भन्नेबारेमा सचेतना फैल्याउनुपर्ने बताए।
उनले सबैभन्दा बढी बालश्रम कृषि कार्यमा रहेको तथ्याङ्क रहेपनि गाउँघरमा घरायसी सामान्य कामहरू गर्नेलाई पनि बालश्रममा राखिएको बताए । कानूनी बाध्यताले मात्रै नभइ यसबारेमा आम जनतालाई सचेत गराउन जरुरी रहेको उल्लेख गरे ।
“हामीले बालश्रम र बालकार्य नै छुट्याउन सकिरहेका छैनाैँ । त्यो आम जनताको कुरा हो । बालश्रम केलाई भन्ने र बालकार्य केलाई भन्ने यसमा विविध मत छन् । सबैभन्दा बढी कृषि कार्यमा छ भनिएको छ । भैँसीलाई पानी खुवाउने कार्यलाई के भन्ने । आफ्नो घरको भैँसीलाई लगेर पानी खुवाउने कुरा त गर्नैपर्छ । सचेतनाको धेरै आवश्यक छ,”उनले भने ।
अहिलेसम्म १० वटा पालिका बालश्रममुक्त घोषणा भएको जनाएको छ । नेपालमा अहिले ११ लाख बालश्रमीक रहेको पनि तथ्यांकले देखाएको छ । त्यसमध्ये ८० प्रतिशत कृषि क्षेत्रमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्