काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ । सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस्