काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औ बार्षिक साधारणसभाको अवसरमा अधिकारीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले सो सम्मान प्रदान गरेका हुन् ।
विद्युत प्राधकिरणमा तीन दशक विताएका तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा ऊर्जा विज्ञको रूपमा काम गरेका अधिकारी विद्युत व्यापार, कुटनीति र व्यवस्थापनको विषयका दक्ष व्यक्तिको रूपमा चिनिन्छ ।
इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईज्यूले आफ्नो छोरी स्वर्गीय श्रीनिका गुरागाईको नाममा खडा गरेको कोषमार्फत प्रत्येक बर्ष ऊर्जा क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई एक लाख नगद राशीसहित सम्मान गरिदै आएको छ । गत बर्ष पूर्व ऊर्जा एवं अर्थ सचिव सुमन शर्मा सो सम्मानबाट सम्मानित भएका थिए ।
सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट इपान उर्जा ज्योती सम्मान २०८२ प्राप्त गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै आफ्नो बाँकी जीवन विद्युत् क्षेत्रको विकास र प्रवर्द्धनमा थप उत्साहित भई समर्पित भइरहने बताए ।
प्रतिक्रिया दिनुहोस्