वनमन्त्री शाहीको एक वर्षः ४१ हजारलाई प्रत्यक्ष रोजगारी, कार्बन व्यापारमा ऐतिहासिक सफलता


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफूले गरेका कामहरूको विवरण सावर्जनिक गरेका छन् ।

बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ठकुरीले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको वन तथा वातावरणमन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उनको दाबी छ । उनले मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्वन गर्दै आवश्यक कानूनी सुधार भएको बताए । उनले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताए।

उनले वन, वातावरण संरक्षण र जलवायु कार्य गर्नको लागि वैदेशिक अनुदानको लागि सम्झौता भएको उल्लेख गर्नुभयो । मन्त्री ठकुरीले आफ्नो एक वर्षे कार्यकाल औसत रुपमा सफल भएको दाबी गरे । उनले हिमाली क्षेत्रका जिविकोपर्जनको लागि यार्सागुम्बाको निकासीको लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि बताए।

उनले वन क्षेत्रको वृद्धि, विस्तार काठको उपयोगमा समेत वृद्धि भएको दाबी गरे । उनले मन्त्रालयको मुख्य कार्यभार वन क्षेत्रलाई घट्न नदिनु रहेको पनि बताए। मन्त्री ठकुरीले मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा मन्त्रालय केन्द्रित रहेको बताए ।

उनले वनभित्र रहेका सडेगलेका रुखहरुको उपयोगमा बढावा दिइएको पनि बताए । उनले वन मन्त्रालयमार्फत एक वर्षको अवधीमा ४१ हजारलाई प्रत्यक्ष रोजगारी दिइएको पनि बताए ।  

उनले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताए । उनले वन व्यवस्थापन तथा संरक्षण गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए । उनले विभिन्न क्षेत्रमा सम्भावित कार्बनको व्यापारको खाका समेत तयार पारिसकिएको बताए ।