काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो । बजारमा आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज ५५ रुपैयाँले घटेर प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्