लुम्बिनी विकास बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख १ हजार ५३६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि आम सर्वसाधारण वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि उक्त सेयर गत जेठ २६ गते ३५ दिने सूचना जारी गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । विद्यमान सेयरधनीले उक्त सेयर खरिद नगरेपछि बैंकले सर्वसाधरणको लागि बिक्री गर्न लागेको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।