बुधबार नेप्से ३४ अंकले बढ्यो


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा बढोत्तरी आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी एउटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार बुटबल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६१ करोड ८७ लाख २६ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन १० प्रतिशत केबिएल डिबेन्चर २०९० र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । डिबेन्चर र हाइड्रोपावरकोे सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।