काठमाडौँ । काठमाडौँ महानगरको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।
काठमाडौँ महानगरको १७ औँ नगरसभाको दोस्रो बैठकले आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पास गरेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित भएको थियो।
पारित बजेटअनुसार पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा धेरै ५१ प्रतिशत बजेट छुट्याइएको छ, जसअन्तर्गत १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासका लागि ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ अर्थात् २० प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ अर्थात् १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रतर्फ ३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ अर्थात् १२ प्रतिशत बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्