न्यौपानेले सम्हालिन् संघीय मामिला मन्त्रालय, राष्ट्रपति पौडेलबाट शपथ ग्रहण


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ मन्त्रीको रूपमा भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा न्यौपानेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेकपा एमालेकी नेतृ न्यौपाने राष्ट्रिय सभाको सदस्य हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हिजो उक्त मन्त्रालयको जिम्मेवारी दिएका थिए।

यो नियुक्ति राजकुमार गुप्ताको राजीनामापछि भएको हो। गुप्ता घुस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि दबाबमा परेका थिए र अन्ततः मन्त्री पदबाट राजीनामा दिएका थिए।

२०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी न्यौपानेको कार्यकाल आगामी २०८२ सालको फागुनसम्म कायम रहनेछ।