बिहीबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९२ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँले बढेर एक लाख ९२ हजार ३०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर २ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।