ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक छः मन्त्री खड्का


काठमाडाैँ । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताएका छन् ।

बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरू गर्नुपर्ने उनको धारणा छ । खान नपुग्ने नागरिकको घरसम्म उर्जामार्फत समृद्धि पु¥याउनको लागि सरकार क्रियाशील रहेको पनि बताए ।

उनले उर्जा क्षेत्रमा विगतमा भएका कामहरूको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए। मन्त्री खड्काले विद्युत आयोजनाहरूका अकल्पनीय क्षतिहरू हुने गरेको कारण क्षति न्युनिकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

मन्त्री खड्काले उर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको पनि बताए ।