काठमाडौं । आजदेखि अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको पनि नियमित रुपमा कारोबार हुने भएको छ । । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज बिहीबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२ ८३ साउन १ गतेदेखि लागू हुने गरी मार्केट डेप्थमा अडलट खरिद तथा बिक्री गर्न सकिने जनाएको छ ।
यससँगै अब कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर अब नियमित रुपमा नै कारोबार गर्न सकिने भएको छ । हालसम्म यस्तो सेयर किनबेच गर्न या त लगानीकर्ताहरुले आफै ग्राहक खोज्नुपर्ने हुन्छ वा त्यही कम्पनीको थप १० कित्ता सेयर किनेर मात्रै सेयर कारोबार हुन्छ ।
यहि कठिन अवस्थालाई मध्यनजर गर्दै नेप्सेले धितोपत्र कारोबार विनियमावली, २०७५ अनुसार अड लट सेयर पनि कारोबार गर्न मिल्ने व्यबस्था गरिएको जनाएको छ ।
बिनियमावलीअनुसार धितोपत्र अंकित मूल्य १० रुपैयाँ भए १०० कित्ता, अंकित मूल्य १०० भएमा १० कित्ता र अंकित मूल्य १००० भएमा १ कित्ताको कारोबारलाई बोर्ड लट मानिन्छ । उल्लिखत भन्दा कम कित्ताको कारोबारलाईै अडलट कारोबार भनिन्छ ।
कसरी गर्ने अडलट कारोबार
सबै भन्दा पहिले लगानीकर्ताले आफूसँग कुन कम्पनीको सेयर अडलट छ भन्ने एकिन गुर्नुपर्ने हुन्छ । अडलटमा क्लिक गरेपछि लगानीकर्ताले कुन कम्पनीको सेयर कति कित्ता किनबेच गर्न राखिएको छ, त्यहाँ क्लिक गरेर लगानीकर्ताले अन्य सेयरजस्तै अडलट सेयर पनि सहजै कारोबार गर्न सकिन्छ ।
अडलट कारोबारले मूल्य परिर्वतन सीमा र बजार परिसूचक गणनामा समावेश नगरिने हुँदा यसले नियमित कारोबारलाई भने कुनै असर नगर्ने नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्