जलस्राेत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै हेर्न नहुने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलस्राेत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले पानीको प्रयोग सम्बन्धमा आएको यो विधेयक महत्वपूर्ण र दूरगामी रहेको उल्लेख गरे। पानीको संरक्षण र जलश्रोतको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । अबको सय वर्षपछि पानीको श्रोतको अवस्था कस्तो हुन्छ भनेर ऐन बनाउँदा सोच्न जरुरी रहेको बताए ।

“पानीको प्रयोगका सम्बन्धमा जुन यो विधेयक आएको छ । यो दूरगामी र महत्वपूर्ण प्रभाव पार्ने किसिमको छ । खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँ । पानीको संरक्षणको कुरा छ । जलको श्रोतको संरक्षणको कुरा महत्वपूर्ण छ । यो विधेयकमा त्यसबारे राखिनुपर्छ । अबको सय वर्षपछि पानीको श्रोतको अवस्था कस्तो हुन्छ भनेर ऐन बनाउँदा सोच्नुपर्छ,” उनले भने ।

सांसद परियारले सबै समुदाय र सबै पक्षलाई समेटेर पूर्वसूचना प्रणालीको विकास गर्न जरुरी रहेको बताए ।