पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरू बढेः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरू बढ्दै गएको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकार सम्बन्धी विषयहरूमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्जन्य जोखिमलाई न्युनिकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले सबैले सचेतनापूर्वक विपद्जन्य जोखिमको न्युनिकरणमा लाग्न जरुरी रहेको बताए। विपद् जोखिमलाई न्युनिकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काममा सबै मिलेर लाग्नुपर्ने बताए । पूर्वसूचना प्रणालीको विकास गर्न पनि आवश्यकता रहेको बताए । गृहमन्त्री लेखकले विपद् भइसकेपछि प्रतिकार्यको काममा पनि गम्भीर भएर लाग्नुपर्ने बताए ।