काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले जलस्राेतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्ने बताएका छन् ।
बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलस्राेत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्ताे बताएका हुन् ।
मुहानको प्रयोग जग्गाधनीले मात्रै गर्दा अहिले पनि दलित समुदायले विभिन्न खाले समस्या भोगिरहेको उल्लेख गरे । उनले निजी जग्गा भित्रको जलस्राेतकाे मुहान प्रयोग गर्नेकुरा सम्बन्धित जग्गाधनीको अधिकारको कुरा भएको भन्दै यसले दलित समुदायमा पीडावोध गराएको बताए ।
दलित समुदायसँग जग्गा नहुने र जग्गा नहुने दलित समुदायले मुहानको प्रयोग गर्न नसक्ने स्थितिको अन्त्य जरुरी रहेको बताए ।
सांसद विश्वकर्माले नदी सम्झौता गर्दाका धेरै पीडाहरु नेपालले भोगिरहेको बताए । गण्डकको पानी उपभोग गर्न नपाउँदै धेरै पीडा नेपालीहरुले भोगिरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्