काठमाडौँ । डिशहोमले ल्यानिज हबसँगको सहकार्यमा हाई फ्युचर ब्रान्डका ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट अफर ल्याएको छ ।
आफ्ना ग्राहकहरूका लागि डिशहोमले ल्याएको यस अफर अन्तर्गतग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा तीन महिना, छ महिना, एक वर्ष वा दुई वर्षका लागि सब्स्क्राइब वा रिचार्ज गर्दा विभिन्न ग्याजेटहरू ५० प्रतिशत छुटमा पाउने सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकले तीन हजार ४९९ रूपैयाँ पर्ने सोनिक एयर एयरबड एक हजार ७४९ मा खरिद गर्न सक्नेछन् ।
आजदेखि सुरु भएको यो अफरअन्तर्गतका ग्याजेटहरू डिशहोमको वेबसाइटमा गइ ग्याजेटहरू खरिद गर्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना दुवै ग्राहकका लागि लागू गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएकाे छ,“ल्यानिज हब सँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो।”
आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित हाई फ्युचर ब्रान्डका उत्पादनहरूमा छुटको व्यवस्था गरिएको छ ।
पाँच हजार ४९९ रुपैयाँ पर्ने जोन २ स्मार्टवाच दुई हजार ७४९ मा खरिद गर्न सक्नेछन् । आठ हजार ९९९ रुपैयाँ पर्ने भोकल स्पिकर चार हजार ४९९ रुपैयाँमा खरिद गर्ने सकिने कम्पनीले जनाएको छ ।
सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट पाउनको लागि प्रोमो कोड “CHILLFI15“ प्रयोग गर्न सकिने पनि डिश होमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्