स्याङ्जामा जीप तोडफोड र कुटपिटमा संलग्न दुई फरार कास्कीबाट पक्राउ


काठमाडाैँ । स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–१ स्थित दुलैगौडा–बिरुवा ग्रामीण सडकखण्डमा बलेरो जिप रोकेर तोडफोड तथा यात्रीमाथि कुटपिट गरेको आरोपमा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाकाअनुसार, २०८२ साउन २ गते (२०८२/०४/०२० का दिन फरार अवस्थामै रहेका दुई जना प्रतिवादीहरूलाई लुकिछिपी बसेको अवस्थामा कास्कीबाट नियन्त्रणमा लिइएको हो।

२०७९ असार १० गते घटेको घटनामा, बिरुवा गाउँपालिका–५ तल्लोचेप्टे निवासी २७ वर्षीय विक्रम राना र हरिनास गाउँपालिका–१ सालडाँडा हटियाका २१ वर्षीय सविन उर्फ योगेन्द्र मानन्धरले बलेरो जिप रोकी तोडफोड गर्नुका साथै सवार यात्रुहरूमाथि कुटपिट गरेका थिए। घटनापश्चात् फरार रहेका उनीहरूलाई खोजी गर्ने क्रममा प्रहरीले कास्की जिल्लाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार, दुवै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी छ।