काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा नेपाली ईन्जिनियरहरूको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।
नेपालको पूर्वाधार विकास र निर्माण नयाँ चरणमा रहेको उल्लेख गर्दै उनले नविन प्रविधि र प्राविधिक जनशक्ति अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरे।
६३ औं इन्जिनियर दिवशका अवसरमा शनिबार नेपाल ईन्जिनियर्स एसाेसिएसन ललितपुरमा गरेको कार्यक्रममा मन्त्री दाहालले दिगो, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधारहरूको विकास गरिनु पर्नेमा जोड दिए ।
नेपाली इन्जिनियरहरूको वृति विकासका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै नेपाली इन्जिनियरहरूको क्षमताको अन्तर्राष्ट्रिय मान्ता दिलाउने प्रकिया समेत सुरू भई रहेको उल्लेख गरे ।
नेपाली इन्जिनियरहरूले माग गर्दै आएको इन्जिनियरीङ् स्टाफ कलेज सञ्चालनका लागि मन्त्रालय सकारात्मक रहेकाले प्रकृया अर्थमन्त्रालय सम्म पुगेको मन्त्री दाहालले बताए ।
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एसाेसिएसन स्मारीका तथा जर्नलको बिमोचन समेत गरियो भने इन्जिनियरहरुको रोजगारी खोजी पहिचानमा सहयोग पु¥याउने पोर्टलको पनि शुभारम्भ गरियो । कार्यक्रममा इन्जिनियरीङ्का विभिन्न विद्यामा उत्कष्ट ठहरिएका व्यक्तिहरूलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्