पर्वत । पर्वतको मोदी गाउँपालिका– ३ लाङ्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गत राति गएको पहिरोले लाङ्दी स्थित छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय बृद्ध छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षिया विष्णुमती विक पुरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनकी ३२ वर्षिया बुहारी पवित्रा विक भने पहिरो झर्ने बित्तिकै भागेर बच्न सफल भएकी छन् ।
सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न समय लागेको थियो भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले वेपत्ता विष्णुमतिको खोजी कार्य भैरहेको मोदी गाउँपालिका– ३ का वडा सदस्य सन्तोष विकले जानकारी दिए ।
अहिले प्रहरी पनि घटनास्थलमा पुगिसकेको भएपनि निरन्तर पानि परिरहेकोले उद्धारमा थप कठिानाई भएको भएको वडा सदस्य विकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्