अरनिको राजमार्गको जुरेमा पहिरो जाँदा सडक अवरुद्ध


काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गको अन्तर्गत जुरे सडक खण्ड अवरुद्ध भएको छ ।

पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उनका अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । स

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। पहिरोसँगै जुरेमा बिजुलीको प‍ोलसमेत ढल्दा यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनएको छ।