काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विकास महाशाखाले यही श्रावण १६ गते मनाइने प्रथम राष्ट्रिय कोदो दिवसका लागि उपयुक्त नारा तर्जुमा गर्न सुझाव संकलन गरिरहेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै कोदो दिवसको सन्दर्भमा विभिन्न विषयवस्तुलाई समेटेर सन्देशमूलक, सशक्त र आकर्षक नारा पठाउन अनुरोध गरेको हो।
जलवायु परिवर्तन र कोदो उत्पादन प्रविधि, कोदोजन्य बाली जात र तिनको महत्व, नविनतम अनुसन्धान तथा विकास, लागत न्यूनीकरण, उत्पादकत्व वृद्धि, आत्मनिर्भरता, मूल्यश्रृंखला र परिकार विविधिकरण जस्ता विषयहरूलाई समेटेर नारा तयार गर्न सकिने सूचनामा उल्लेख छ । यस्तै समसामयिक सन्दर्भलाई पनि विचार गरेर नारा प्रस्ताव गर्न सकिने मन्त्रालयको भनाइ छ।
नारा पठाउन चाहने व्यक्तिहरूलाई मन्त्रालयकाे को इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार कोदो जस्ता पोषणयुक्त परम्परागत बालीको प्रवर्धन, जलवायु अनुकूल कृषि प्रणालीको विकास तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ कोदो दिवस मनाइँदैछ।
प्रतिक्रिया दिनुहोस्